AarthikBikash
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून, १७ जना पक्राउ

काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून, १७ जना पक्राउ

  • मङ्लबार, भदौ ७, २०७९
काठमाडौं उपत्यकामा बन्दको प्रभाव न्यून, १७ जना पक्राउ

काठमाडौं – नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ।

उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन् ।

तर, आज बिहान काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको थियाे । ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ताको एक समूहमा एक्कासि आएर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेकाे महासागर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो । गाडीमा ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार