mega darknetmega darknet
AarthikBikash
शुक्रबार, भदौ २०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • संसद भवनभित्रबाट पक्राउ परेका ४९ जना थुनामुक्त

संसद भवनभित्रबाट पक्राउ परेका ४९ जना थुनामुक्त

  • बिहिबार, फाल्गुन १७, २०८०
संसद भवनभित्रबाट पक्राउ परेका ४९ जना थुनामुक्त

काठमाडौं- संसद भवनभित्रबाट नियन्त्रणमा लिइएका ४९ जना लघुवित्त ऋणीलाई प्रहरीले थुनामुक्त गरेको छ ।काठमाडौँ प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।

काठमाडौँ प्रहरी प्रवक्ता नवराज अधिकारीले म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको बताए । तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो ।सुरक्षामा लापरवाही गरेको भन्दै अहिले संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट नै परिवर्तन गरिएको छ ।

सम्बन्धित समाचार