काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ८० लाख कित्ता सेयर आइतबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको छ । सोमबारबाट यसको पहिलो कारोबार सुरु भएको छ।
काठमाडौं-नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्रअंकित ‘मेडालियन सिक्का’को बिक्री सुरु गरेको छ । सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् महाशाखाले पुराना मेशिनहरू मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गर्दै गाईको चित्रअंकित ‘मेडालियन सिक्का’को बिक्रीमा ल्याएको हो । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका […]
काठमाडौं – चालु चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको छ । दुई महिनामा ३ अर्ब ३९ […]