AarthikBikash
मङ्लबार, बैशाख ३०, २०८२
  • होमपेज
  • समाज
  • स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न बाबुराम भट्टराईको माग

स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न बाबुराम भट्टराईको माग

  • शुक्रबार, भदौ ३१, २०७९
स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न बाबुराम भट्टराईको माग

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक संजालमा पोस्ट गर्दै स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका हुन्।

काठमाडौंका मेयर शाहले चलाएका अभियानको प्रशंसा र समर्थन गर्दै डा. भट्टराईले स्वरोजगार श्रमिकको बाध्यतालाई पनि बुझ्न बालेनसँग आग्रह गरेका हुन्।

‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्,’ उनले शुक्रबार बिहान एक ट्वीट सन्देशमा लेखेका छन्, ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्।’

मेयर बालेनसँग बाबुरामको माग छ, ‘अतः निश्चित ठाउँरसमय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’

सम्बन्धित समाचार