बागमतीसहित ६ प्रदेशका अधिकांश स्थानमा पश्चिमी वायूको प्रभाव
काठमाडौं - देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको हो । साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेश प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको हो। त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका अधिकांश...