काठमाडौं – अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका ७७ जना शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले कात्तिक १३ गतेको निर्णयअनुसार राजस्व समूहअन्तर्गत कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीका ७७ कर्मचारीको सरुवा गरेको हो।