AarthikBikash
बिहिबार, भदौ ११, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • बेलायतद्वारा नेपाललाई झण्डै १ अर्ब रुपैयाँ सहयोग घोषणा

बेलायतद्वारा नेपाललाई झण्डै १ अर्ब रुपैयाँ सहयोग घोषणा

  • बिहिबार, भदौ ११, २०८३
बेलायतद्वारा नेपाललाई झण्डै १ अर्ब रुपैयाँ सहयोग घोषणा

काठमाडौं – बाढीपहिरो प्रभावित नेपाललाई आपत्कालीन उद्धार तथा राहत कार्यका लागि बेलायत सरकारले ५० लाख पाउण्ड (करिब एक अर्ब नेपाली रुपैयाँ) सहयोग घोषणा गरेको छ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेलायतले आपत्कालीन सहयोग घोषणा गरेको हो।

बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले आपत्कालीन राहतका लागि करिब ५० लाख पाउण्ड उपलब्ध गराउने बताएका छन्। उनले बाढीबाट भएको क्षति अत्यन्त ठूलो र हृदयविदारक भएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग गर्न बेलायतले आपत्कालीन उद्धार टोली पठाउने प्रस्तावसमेत गरेको जानकारी दिएका छन्।

यसैबीच, बाढीमा केही बेलायती नागरिकसमेत बेपत्ता भएको आशंका गरिएको छ। प्रधानमन्त्री बर्नहामले बेपत्ता नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा बेलायत सरकारले सम्भव भएसम्म आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

बेलायतको सहयोग आपत्कालीन उद्धार, राहत तथा प्रभावित समुदायको तत्काल आवश्यकतामा केन्द्रित हुने बताइएको छ।

यसअघि २०७२ सालमा पनि भूकम्पबाट प्रभावित नेपाललाई बेलायतले १ अर्ब ५८ करोड रुपैयाँ सहयोग गरेको थियो ।

अघिल्लो समाचार

Mejor Casino En Línea Sin Depósito En Español
Mejor Casino En Línea Sin Depósito En Español

सम्बन्धित समाचार