AarthikBikash
शुक्रबार, कार्तिक १४, २०८३
  • होमपेज
  • खेलकुद
  • एनपीएलमा आज जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

एनपीएलमा आज जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

  • बिहिबार, कार्तिक १३, २०८३
एनपीएलमा आज जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन् ।

पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । प्रतियोगितामा पहिलो खेल खेलेको जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

आजै साँझ ५ बजे कर्णाली र विराटनगरबीच दोस्रो खेल हुनेछ । पहिलो खेलमा जनकपुरलाई हराएको कर्णाली लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

यता, पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित विराटनगर पनि जितको खोजीमा मैदान उत्रिनेछ ।

यसअघि बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो ।

सम्बन्धित समाचार