AarthikBikash
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पश्चिम नेपालबाट मनसुन बाहिरियो

पश्चिम नेपालबाट मनसुन बाहिरियो

  • शनिबार, अशोज १७, २०८३
पश्चिम नेपालबाट मनसुन बाहिरियो

काठमाडौं – पश्चिम नेपालबाट यस वर्षको मनसुन बाहिरिन थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भूभागबाट मनसुन बाहिरिएको हो।

महाशाखाले शनिबार असोज १७ गते ९३ अक्टोबर २०२६० जारी गरेको बुलेटिनमार्फत नेपालका पश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको छ।

महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘आज मिति २०८३ असोज १७ (3rd October, 2026)का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानहरूबाट बाहिरिएको छ।’

नेपालमा मनसुन बाहिरिने क्रम पश्चिमबाट सुरु भएर क्रमशः अन्य भूभागतर्फ अघि बढ्ने गर्छ।

सम्बन्धित समाचार