AarthikBikash
सोमवार, मंसिर ८, २०८३
  • होमपेज
  • राजनीति
  • मोदीले स्वीकारे बालेनको निमन्त्रणा, नेपाल भ्रमण गर्ने

मोदीले स्वीकारे बालेनको निमन्त्रणा, नेपाल भ्रमण गर्ने

  • सोमवार, मंसिर ८, २०८३
मोदीले स्वीकारे बालेनको निमन्त्रणा, नेपाल भ्रमण गर्ने

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाहले दिएको निमन्त्रणा स्वीकार गरेका छन्। यससँगै मोदीको नेपाल भ्रमणको बाटो खुलेको छ।

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले मोदीलाई संयुक्त पत्रकार सम्मेलनमार्फत नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए।

उक्त निमन्त्रणालाई मोदीले स्वीकार गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

मोदीको नेपाल भ्रमणको मिति भने कूटनीतिक माध्यमबाट आपसी सहमतिमा तय गरिने जनाइएको छ।

भारत भ्रमणका क्रममा आफू र आफ्नो प्रतिनिधिमण्डललाई न्यानो आतिथ्य प्रदान गरेको भन्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीप्रति आभारसमेत व्यक्त गरेका छन्।

सम्बन्धित समाचार