AarthikBikash
आइतवार, मंसिर ७, २०८३
  • होमपेज
  • राजनीति
  • पक्राउपुर्जी जारी भएपछि बागमतीका पूर्वमुख्यमन्त्री बानियाँ फरार

पक्राउपुर्जी जारी भएपछि बागमतीका पूर्वमुख्यमन्त्री बानियाँ फरार

  • आइतवार, मंसिर ७, २०८३
पक्राउपुर्जी जारी भएपछि बागमतीका पूर्वमुख्यमन्त्री बानियाँ फरार

काठमाडौं – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता इन्द्र बानियाँ फरार भएका छन् ।

बैंकिङ कसूर गरेको आरोपमा प्रहरीले एक साताअघि नै पक्राउ गर्न अदालतबाट अनुमति लिएको सुईंको पाएपछि उनी फरार भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार प्रभु बैंकबाट लिएको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोगको छानबिनका क्रममा उनी पनि जोडिएका थिए । त्यसपछि सीआईबीले उनका छोरा दिक्षान्तलाई १६ कात्तिकमा पक्राउ परेको थियो ।

बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा प्रभु बैंकले उक्त ऋण प्रवाह गरेको बुझिएको छ ।

‘ऋण लिएको रकम तोकिएको कामभन्दा बाहेकमा प्रयोग गरेको पाइएको भन्दै उजुरी परेपछि सीआईबीले छानविन थालेको हो ।

अनुसन्धानका क्रममा ऋणबापत प्राप्त रकम अन्य बैंक खातामा राखिएको तथा सेयरमा लगानी गरिएको पाइएको बताइएको छ। बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सोही प्रयोजनमा रकम प्रयोग नगरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

पूर्वमुख्यमन्त्री बानियाँ, बानियाँ निर्माण सेवाका सञ्चालकसमेत हुन् ।  गत वैशाखमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बानियाँको घरमा छापा मारेको थियो।

बानियाँ २०८२ साउन २० देखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

सम्बन्धित समाचार