AarthikBikash
आइतवार, मंसिर ७, २०८३
  • होमपेज
  • समाज
  • यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

  • आइतवार, मंसिर ७, २०८३
यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा आंशिक बदल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको तराई भूभागका साथै मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशको हिमाली क्षेत्रमा साथै कोशी प्रदेशको तराई  क्षेत्रमा र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ।  बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

सम्बन्धित समाचार