काठमाडौं – बिचौलिया इनम सापकोटासँग न्यायाधीश र प्रधानन्यायाधीशको कनेक्सन बाहिरिएपछि प्रधानन्यायाधीश मनोज शर्माले सर्वोच्च अदालतको फूल कोर्ट बैठक बोलाएका छन् ।
शुक्रबार बिहान बस्ने बैठकका लागि सर्वोच्च अदालतका सबै न्यायाधीशलाई सूचना पठाइएको हो ।
बैठकको एजेन्डामा ‘समसामयिक विषयमा छलफल’ मात्र उल्लेख गरिएको छ । बैठकमा प्रधानन्यायाधीश शर्मासहित सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी हुने बताइएको छ ।
बिचौलिया सापकोटासँग न्यायाधीश र प्रधानन्यायाधीशको सम्बन्धबारे प्रश्न उठिरहेका बेला बोलाइएको फूल कोर्ट बैठकलाई चासोका साथ हेरिएको छ ।