AarthikBikash
बुधबार, कार्तिक १२, २०८३
  • होमपेज
  • खेलकुद
  • दिपेन्द्रको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जित

दिपेन्द्रको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जित

  • बुधबार, कार्तिक १२, २०८३
दिपेन्द्रको अर्धशतकमा पोखरामाथि सुदूरपश्चिमको सहज जित

काठमाडौं – कप्तान दिपेन्द्रसिंह ऐरी र इसान पाण्डेको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको छ ।

सुरुवाती विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमलाई कप्तान ऐरी र इसानले चौथो विकेटका लागि ७४ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काएका हुन् ।

उनीहरूको साझेदारी जारी एनपीएलमा अहिलेसम्मकै सर्वाधिक रनको साझेदारी बनेको छ। इसानले ३१ बलमा ३७ रन बनाए ।

उनले २ चौका र २ छक्का प्रहार गरे। बंगलादेशी अलराउन्डर मेहदी हसनको बलमा एलबीडब्ल्यु आउट हुनुअघि उनले कप्तान ऐरीसँग मिलेर टोलीको इनिङ्स सम्हालेका थिए।

सम्बन्धित समाचार