AarthikBikash
मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • ९ सय ५० मत खसेकाे मतपेटिकामा आगजनी

९ सय ५० मत खसेकाे मतपेटिकामा आगजनी

  • आइतवार, मंसिर ४, २०७९
९ सय ५० मत खसेकाे मतपेटिकामा आगजनी

धनगढी । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा मतपेटिकामा आगो लगाइएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित भगवति माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

उनले आगजनीको कारण भने नखेलेको बताए । ‘आगजनी कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन,’ रावलले भने, ‘यसबारेमा छनविन भइरहेको छ ।’ सो मत पेटिकामा ९ सय ५० मत खसेका थिए ।

मतपेटिकामा आगजनी भएपछि सो मतदान केन्द्रको मतदान कार्य स्थिगित भएको एसएसपी रावलले बताए ।

त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ मा पनि कांग्रेस र एमालेका कार्यकर्तावित भएको विवादका कारण मतदान स्थगित भएको छ । सो स्थानमा कांग्रेस र एमाले कार्यकर्ताविच झडप हुँदा केही मानिस घाइते समेत भएका छन् ।

बाजुराका अन्य स्थानमा भने मतदान भइरहेको एसएपी रावलले जानकारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार