AarthikBikash
बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सुरु

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सुरु

  • बुधबार, माघ २५, २०७९
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सुरु

काठमाडौं-लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सुरु भएको छ ।

प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि सुरु भएको हो । उपनिर्वाचनका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो ।

राष्ट्रिय सभा सदस्यका लागि तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग नगरि आफ्नै उम्मेदवार उठाएको छ ।

सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुने भएको हो । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।

कुल मतदाता संख्या ३०५ रहेको लुम्बिनी प्रदेशमा प्रदेश सांसदको संख्या ८७ छ । प्रदेश भर १०९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार