AarthikBikash
बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • संसदमा राष्ट्रपति भण्डारीकाे सम्बोधन: उत्पादन वृद्धिमा सरकारले काम गर्ने अपेक्षा

संसदमा राष्ट्रपति भण्डारीकाे सम्बोधन: उत्पादन वृद्धिमा सरकारले काम गर्ने अपेक्षा

  • शुक्रबार, माघ २७, २०७९
संसदमा राष्ट्रपति भण्डारीकाे सम्बोधन: उत्पादन वृद्धिमा सरकारले काम गर्ने अपेक्षा

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई सम्बोधन गरिरहेकी छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् ।

उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् ।

Facebook Comments

सम्बन्धित समाचार