AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • स्पट फिक्सिङ प्रकरणमा संलग्न १० जनालाई कारबाहीको सिफारिस

स्पट फिक्सिङ प्रकरणमा संलग्न १० जनालाई कारबाहीको सिफारिस

  • बुधबार, फाल्गुन ३, २०७९
स्पट फिक्सिङ प्रकरणमा संलग्न १० जनालाई कारबाहीको सिफारिस

काठमाडौं – नेपाल टी–२० लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट सरकारी कार्यालयलाई बुझाएको हो ।

प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकीलको कार्यालयलाई बुझाएको प्रतिबेदनमा उल्लेख छ । उनका अनुसार १० जनालाई प्रतिवादी बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ ।

नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा ‘स्पट फिक्सिङ ‘भएको खुले पछि (सीआईबी) ले लामो अनुसन्धान गरेकाे थियाे । जसका कारण नेपाल क्रिकेट संघ र उसकाे नेतृत्व बिबादको घेरामा परेको छ ।

Facebook Comments

सम्बन्धित समाचार