AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

  • बिहिबार, फाल्गुन ४, २०७९
नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको सघन उपचार कक्ष ९आइसियु०मा उपचार भइरहेको छ ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उनी र उनका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिए । हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका हुन् ।

अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार सांसदसहित रहेका नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ ।

यस्तै डा भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीले जानकारी दिए । उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार