AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

  • बिहिबार, फाल्गुन ४, २०७९
चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं-नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। श्री एयरलाइन्सको विमानमार्फत् उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।

मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा भण्डारीको थप उपचार हुनेछ ।

उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते हुनुभएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार