AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारले शिक्षा,स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको छः पूर्वप्रधानन्यायाधीश कार्की

सरकारले शिक्षा,स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको छः पूर्वप्रधानन्यायाधीश कार्की

  • शुक्रबार, फाल्गुन ५, २०७९
सरकारले शिक्षा,स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको छः पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन्। शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताएकी हुन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको कार्कीको भनाई छ। सरकारले दिइरहेको छात्रवृत्ती र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै उनले आपत्ति जनाइन्।

त्यस्तै, आर्यघाटमा पुर्‍याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको उनको भनाइ छ।

Facebook Comments

सम्बन्धित समाचार