AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण

प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण

  • आइतवार, फाल्गुन १४, २०७९
प्रधानमन्त्री प्रचण्डले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण

 काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् ।

मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन् ।

प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजान भन्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।

परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जेनेभा जान लागेका हुन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्ने छ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

Facebook Comments

सम्बन्धित समाचार