काठमाडौं – राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको हो।
चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।
गणनामा राष्ट्रपतिका उम्मेदवारका एक/एक जना गणना प्रतिनिधि हुनेछन्। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो भएको छ।
मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ । रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् ।