AarthikBikash
आइतवार, कार्तिक २५, २०८१
  • होमपेज
  • राजनीति
  • उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन आठ दलीय गठबन्धनको बैठक बस्दै

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन आठ दलीय गठबन्धनको बैठक बस्दै

  • शनिबार, फाल्गुन २७, २०७९
उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन आठ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं-आठ दलीय गठबन्धनको बैठक आज शनिबार बस्दैछ । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बिहान ८ बजे बस्ने भएको हो ।

यसअघि शुक्रबार बसेको गठबन्धनका दोस्रो तहका नेता सम्मिलित संयन्त्रको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने निर्वाचन आयोगको अडानपछि गठबन्धन अन्योलमा परेको छ ।

यसअघि गठबन्धनका तर्फबाट जसपा संसदीय दलका नेता रासहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थियो । तर, पछिल्लो समय जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको छ ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता, दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार