AarthikBikash
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारकाे घोषणा

विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारकाे घोषणा

  • शुक्रबार, चैत्र ३, २०७९
विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने सरकारकाे घोषणा

काठमाडौं – जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सरकारी निवास बालुवाटार बोलाएर विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रति खेलाडीलाई ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु’, प्रचण्ड’ले भने ।

बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

Facebook Comments

सम्बन्धित समाचार