काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो।
रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजै (आइतबार) बिहान ११ बजे बसुन्धारामा बस्दैछ।
प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन्।