AarthikBikash
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ५ जना डीआईजीको बढुवा

५ जना डीआईजीको बढुवा

  • सोमवार, चैत्र ६, २०७९
५ जना डीआईजीको बढुवा

काठमाडौं-सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ। आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले बढुवाको निर्णय गरेको हो।

गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो।

अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि अहिले बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुनेछ।

सम्बन्धित समाचार