AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

  • सोमवार, चैत्र ६, २०७९
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन्।

सोमबारको संसद बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन्। प्रधानमन्त्रीलाई ८९ जना सांसदले भने विश्वासको मत दिएनन्। एक जना सांसद भने मतदान प्रक्रियामा सहभागी भएनन्।

राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेपछि नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। सरकार बनेको तीन महिना पनि नपुग्दै प्रधानमन्त्रीले विश्वासको मत गुमाएकाले संविधानको धारा १०० बमोजिम प्रचण्डले विश्वासको मत लिएका हुन्।

प्रचण्ड सरकारलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राजमो र आजपाले मत दिएका हुन्।

गत १० पुसमा एमाले, माओवादीसहित ८ दलका १७९ जना सांसदहरूको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका उनले २६ पुसमा विश्वासको मत लिएका थिए। उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा दुई मत मात्रै परेको थियो।

Facebook Comments

सम्बन्धित समाचार