mega darknetmega darknet
AarthikBikash
बिहिबार, पुस १०, २०८२

सत्ता गठबन्धन बैठक बस्दै

  • बुधबार, चैत्र १५, २०७९
सत्ता गठबन्धन बैठक बस्दै

काठमाडौं-सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ।

आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठक बस्ने तय भएको छ।

मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ।

कसले कति मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भएको छ। दलहरूले आफूहरूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरिसकेका छन्।

नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए।

सम्बन्धित समाचार