AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • उम्मेदवारी मनोयन दर्ताः कांग्रेसका महामन्त्री थापा तनहुँ, विश्वप्रकाश चितवन पुग्ने

उम्मेदवारी मनोयन दर्ताः कांग्रेसका महामन्त्री थापा तनहुँ, विश्वप्रकाश चितवन पुग्ने

  • सोमवार, चैत्र २०, २०७९
उम्मेदवारी मनोयन दर्ताः कांग्रेसका महामन्त्री थापा तनहुँ, विश्वप्रकाश चितवन पुग्ने

काठमाडौं-आज हुन गईरहेको उपनिर्वाचनको उम्मेदवारी मनोयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् ।

कांग्रेस केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री गगन थापा तनहु–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा हुने मनोनयन दर्तामा सहभागी हुनेछन् ।

कांग्रेसले तनहु–१ मा गोबिन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेकाले सो क्षेत्रमा भने कांग्रेसको उम्मेदवार रहने छैन ।

Facebook Comments

सम्बन्धित समाचार