AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपन्देहीका एक

सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपन्देहीका एक

  • बुधबार, चैत्र २२, २०७९
सिक्किमको हिउँ पहिरोमा परेर तीन नेपालीको मृत्यु, मृत्यु हुनेमा चितवनका २ र रुपन्देहीका एक

सिक्किम-गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।

भारतीय सेनाले जारी गरेको एक बिज्ञप्ति अनुसार तीन नेपालीसहितको सातकाे मृत्यु भएको हाे । सो हिउँ पहिरोमा परेर एक दर्जन बढी घाइते भएका छन् ।

यसरी हिउँ पहिरोमा परेर मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेकाे भारतीय सेनाले जनाएकाे छ ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका पछि खोजबिन सुरु गरिएको थियो ।

जसअनुसार १४ जनालाई उद्धार गरेर नजिकैको भारती सेनाको क्याम्पमा लगिएको थियो । जसमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख छ ।

पर्यटकीय गन्तव्यसमेत रहेको क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार