AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने, रबिमाथीकाे उजुरी केन्द्रमा पठाइने

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने, रबिमाथीकाे उजुरी केन्द्रमा पठाइने

  • बुधबार, चैत्र २२, २०७९
आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने, रबिमाथीकाे उजुरी केन्द्रमा पठाइने

काठमाडौं-निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारमाथी परेको उजुरी छानबिन गरी आज अन्तिम नामावली प्रकाशन गर्दैछ ।

आयोगले उम्मेदवारका बिरुद्धमा मंगलवार परेका उजुरीमाथि आज छानबिन गरी यउम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो । तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रबि लामिछाने बिरुद्ध ४ वटा उजुरी परेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरे पछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो । उनी माथी परेको उजुरी माथि चितवन निर्वाचन कार्यलयले छानबिन गरी रायका लागि निर्वाचन आयोग, कान्तिपथमा पत्र पठाउँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार