AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • प्रतितोला २ हजार रुपैयाँले बढेर सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

प्रतितोला २ हजार रुपैयाँले बढेर सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

  • बुधबार, चैत्र २२, २०७९
प्रतितोला २ हजार रुपैयाँले बढेर सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं-नेपाली बजारमा बुधबार सुनको भाउ अकाशीएको छ । नयाँ रेकर्ड कायम गर्दै बुधबबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ११ हजार रुपैयाँमा पुगेकाे छ ।

यो मूल्य अहिलेसम्मको उच्च मूल्य हो । यसअघि ५ चैतमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार पनि सुनको मूल्य एक हजार रुपैयाँले बढेको थियो । सोहि दिन छापावाल सुन प्रतितोला १ लाख ९ हजार र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा किनबेच भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार