AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • कोशी आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू शहीद घोषणा

कोशी आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू शहीद घोषणा

  • शुक्रबार, चैत्र २४, २०७९
कोशी आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू शहीद घोषणा

काठमाडौं-सरकारले कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू लाजिहाङलाई शहीद घोषणा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

सरकारले उनको परिवारलाई क्षतिपूर्ति पनि दिने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती जानकारी दिए।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो । धरान-१५ का लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए । उनी २०५२ देखि लिम्बूवान आन्दोलनमा थिए ।

Facebook Comments

सम्बन्धित समाचार