AarthikBikash
मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी

  • शुक्रबार, चैत्र २४, २०७९
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट-रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध  पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आराेपमा उनीविरुद्ध राैतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा माध्यमिक  शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध  पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा  परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार