AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • उदयपुरमा ट्रकको ठक्करवाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

उदयपुरमा ट्रकको ठक्करवाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

  • आइतवार, चैत्र २६, २०७९
उदयपुरमा ट्रकको ठक्करवाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

उदयपुर-ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ ।

आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे.१ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो ।

साे घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार