mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • समाज
  • सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

  • आइतवार, चैत्र २६, २०७९
सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

काठमाडौं-नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ।

अन्तिम सुनुवाइ गर्न काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ।

यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्चले काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान प्रतिबन्ध लगाएकोमा सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेको थियो।

सम्बन्धित समाचार