AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • संस्थागत विद्यालयले किताब बेच्नु दण्डनीय : मेयर शाह

संस्थागत विद्यालयले किताब बेच्नु दण्डनीय : मेयर शाह

  • आइतवार, चैत्र २६, २०७९
संस्थागत विद्यालयले किताब बेच्नु दण्डनीय : मेयर शाह

काठमाडौं-काठमाडौं महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले संस्थागत विद्यालय आफैंले किताब बेच्नु दण्डनीय भएको बताएका छन् । आइतवार बिहान सामाजिक सञ्जाल फेसबूकमा महानगरपालिकाको परिपत्र राख्दै उनले पोशाक पनि तोकिएकै ठाउँबाट किन्न अभिभावकलाई बाध्य पारिएकोप्रति समेत आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्, ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोशाक समेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ । साथै सम्पूर्ण विद्यालयहरूलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न/गराउन हुन अनुरोध छ ।’

यस्तो छ महानगरको परिपत्र –

Facebook Comments

सम्बन्धित समाचार