AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुपर्‍यो : मेयर बालेन

बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुपर्‍यो : मेयर बालेन

  • सोमवार, चैत्र २७, २०७९
बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुपर्‍यो : मेयर बालेन

काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले बाध्य भएर सिंहदरबार भित्रको फोहोर नउठाउने निर्णय लिनुपरेको बताएका छन्।

बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिले सम्मको निष्कर्षको रुपमा फोहोर नउठाउने निर्णय भएको मेयर शाहले उल्लेख गरेका छन्।

काठमाडौं महानगरपालिकाको कार्यालयबाट ५०० मिटरको दूरीमा पर्ने भए पनि सिंहदरबारमा बस्ने सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नुपर्ने शाहको भनाइ छ।

‘संघीय सरकारका रुपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न। पटक पटकको कोसिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्।

Facebook Comments

सम्बन्धित समाचार