AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • ढाकाकुमारबारे रास्वपाले भोलि निर्णय लिने

ढाकाकुमारबारे रास्वपाले भोलि निर्णय लिने

  • मङ्लबार, चैत्र २८, २०७९
ढाकाकुमारबारे रास्वपाले भोलि निर्णय लिने

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको बारेमा भोलि निर्णय लिने बताएका छन् ।

श्रेष्ठले व्यवसायी प्रसाईंसँग मन्त्री हुनका लागि दुई करोड माग गरेको अडियो आइतबार सार्वजनिक भएपछि रास्वपाले भोली निर्णय लिने भएको हो ।

केन्द्रीय समितिको बैठक बोलाएर भोलि निर्णय गर्ने रास्वपा सभापति लामिछानेले बताए । चितवनमा भएको चुनावी सभामा उनले  उक्कत कुरा बताएका हुन् ।

अडियोमा उल्लेख भएका व्यक्तिहरु आफू वरपरका भए पनि उनीहरुलाई कारबाही गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार