AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • नेपालमा १२१ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

नेपालमा १२१ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

  • बुधबार, चैत्र २९, २०७९
नेपालमा १२१ कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको ज्यान गएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार