AarthikBikash
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नयाँ वर्षमा नेपाल टेलिकमको भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज

नयाँ वर्षमा नेपाल टेलिकमको भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज

  • बिहिबार, चैत्र ३०, २०७९
नयाँ वर्षमा नेपाल टेलिकमको भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज

काठमाडौं-नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरूका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ ।

सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ ।

कम्पनीले ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने जनाएको छ ।

यसैगरी डाटा प्याकेजअन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने छ । ​

त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दासमेत बोनस अन रिचार्जका रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ ।

यसअनुसार २०० रुपैयाँदेखि ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ ।

त्यसैगरी ५०० रुपैयाँ र सोभन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार