काठमाडौं – काठमाडौंको गैरीधारास्थित नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।
पुनको घरमा बसेको भीआईपी सुरक्षाामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उनलाई खुट्टामा गोली लागेको थियो । गोली चलाउने पीएसओलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुनको घरमा प्रहरीको भीआईपी सुरक्षाको टोली खटिएको थियो । पक्राउ परेका पिएसओलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।