AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न प्रमुख दलबीच सहमति

संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न प्रमुख दलबीच सहमति

  • सोमवार, बैशाख ४, २०८०
संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न प्रमुख दलबीच सहमति

काठमाडौं – तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको भन्दै न्यायपालिका लामो समय यो स्थितिमा रहनु हुँदैन भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव राखेका थिए । प्रस्तावमा तीनै दल सहमत भएकाे लेखकले बताए ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

Facebook Comments

सम्बन्धित समाचार