AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाचार
  • सिंहदबार र शीतलनिवासको फोहोर उठाउन माग गर्दै महानगरविरुद्ध सर्वोच्चमा रिट

सिंहदबार र शीतलनिवासको फोहोर उठाउन माग गर्दै महानगरविरुद्ध सर्वोच्चमा रिट

  • सोमवार, बैशाख ४, २०८०
सिंहदबार र शीतलनिवासको फोहोर उठाउन माग गर्दै महानगरविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सिंहदबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर उठाउन माग गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सोमबार अधिवक्ता पदम श्रेष्ठले महानगरसहित र मेयर बालेन शाहसमेतलाई विपक्षी बनाएर अदालतमा रिट दर्ता गरेको सर्वोच्च प्रशासनले जनाएको छ।

फोहोर उठाउने निर्णयबाट महानगर पछि हट्न नमिल्ने र फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ।

संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन भएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार