काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याजीपीडित र हरवाचरवाको माग पूरा नगरे पार्टी सडक संघर्षमा उत्रने घोषणा गरे ।
उनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन राज्य अभिभावक छ निमुखाहरूप्रति राज्य उभिनुपर्ने ठाउँमा न्यायको माग गर्दै आएको मिटरव्याजपीडितहरूलाई सरकारको हिजो जुन ढंगले आक्रमण गरेको छ । त्यसको निन्दा र भर्त्सना गर्छु ।’
‘मिटरब्याजपीडितहरू, खासगरी तराईमा हरवाचरवाको पुनःस्थापना माग गरिरहेको छ, सरकारले सम्बोधन गरोस् । अन्यथा, एउटा जिम्मेवार पार्टीको हैसियतले राष्ट्रिय प्रजातन्त्र पार्टी सडक संघर्षमासम्म जाने घोषणा गदर्छु,’ लिङदेनले भने ।