AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगियो

राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगियो

  • बुधबार, बैशाख ६, २०८०
राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । बुधबार  श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् बिहान १० बजे त्रिभुवन विमानस्थलबाट भारत लगिएको हाे ।

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ । राष्ट्रपति पौडेलको छातीमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

लामो समय औषधि सेवन गर्दा पनि छातीको सङ्क्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार