AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • बिहिबार, बैशाख १४, २०८०
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोही अवधिमा १ सय ११ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कूल २५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १०४० र एन्टीजेनबाट १४७७ जनामा नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले कोरोना सक्रिय संक्रमितको संख्या ३७८ पुगेको जनाएको छ । बिहीबार ६० जना संक्रमण मुक्त भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार