AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानन्यायधिस नियुक्तीको माग गर्दै आज देखी बार आन्दोलनमा

प्रधानन्यायधिस नियुक्तीको माग गर्दै आज देखी बार आन्दोलनमा

  • आइतवार, बैशाख १७, २०८०
प्रधानन्यायधिस नियुक्तीको माग गर्दै आज देखी बार आन्दोलनमा

काठमाडौं-वकिलहरूकाे साझा संगठन नेपाल बार एशोसियन आज देखी आन्दोलनमा उत्रने भएको छ ।

सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।

‘बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिबक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् ।

स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पुर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायधिस नियुक्ती अबिलम्ब गर, संबैधानिक परिषदको बैठक अबिलम्ब बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलमा उत्रेको हो ।

देशैभरी आन्दोलन गर्नका लागि केन्द्रिय बारले माताहातका समितिहरुलाई निर्देशनसमेत दिएको छ ।

nepalbar1682823391.jpg

Facebook Comments

सम्बन्धित समाचार