काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् ।
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज स्वदेश फर्किन लागेका हुन् ।
राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८:३० बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेल अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौं आउने कार्यक्रम छ ।
राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो। श्री एयरलाइन्सको जहाजमार्फत राष्ट्रपति पौडेललाई भारत लगिएको थियो।